भारत युरोपको सबैभन्दा ठूलो आपूर्तिकर्ता बन्न सक्ने

स्वीस संसद्का सदस्य तथा स्विस–भारत संसदीय समूहका अध्यक्ष निक गुगरले युरोपेली देशमा फैलिरहेको सस्तो चिनियाँ उत्पादनबारे बढिरहेको चिन्ताका बीच भारतसँग युरोपमा आफ्नो आपूर्ति विस्तार गर्ने ठूलो अवसर रहेको बताएका छन् ।

‘भारतको लागि यो ठूलो मौका हो भन्ने हामीलाई लाग्छ’, गुगरले भने, ‘हामीलाई अन्य देशबाट सस्तो उत्पादनहरू आवश्यक पर्दैन र हामीसँग उनीहरूसँग स्वतन्त्र व्यापार सम्झौता छ जहाँ हामी उच्च गुणस्तरीय सेवासँगै काम गर्न चाहन्छौँ भनेर विश्वलाई देखाउने मौका छ र यो सही अवसर हो ।’

युरोपेली युनियनले विद्युतीय सवारीसाधन, सौर्य प्यानल र विन्ड टर्बाइनलगायत सस्तो चिनियाँ उत्पादनहरू उनीहरूको बजार र स्थानीय हितलाई हानी पु¥याउने कुरामा चिन्ता व्यक्त गर्दै आएको छ । यसबाहेक भारतमा रहेका स्वीस सांसदले भारत र चार युरोपेली देश (स्वीट्जरल्यान्ड, आइसल्याण्ड, नर्वे र लिचेन्स्टाइन) बीचको व्यापार र आर्थिक साझेदारी सम्झौताको विषयमा पनि कुरा गरेका छन् ।

भारत–युरोपेली स्वतन्त्र व्यापार संघले सन् २०२४ को मार्च १० मा व्यापार र आर्थिक साझेदारी सम्झौता (टीईपीए) मा हस्ताक्षर गरेको थियो । सन् १९६० मा यसको चार सदस्य राष्ट्रहरूबीच स्वतन्त्र व्यापार र आर्थिक एकीकरणको प्रवर्द्धनका लागि स्थापित एक अन्तरसरकारी संस्था टीईपीए हो । यो स्वतन्त्र व्यापार सम्झौता भारतले युरोपका चार देशहरूसँग गरेको पहिलो व्यापार सम्झौता हो । यसले दुवै पक्षका लागि विभिन्न अवसरहरू प्रदान गरेको छ ।

एजेन्सी

 

Comments

Back to top