अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले पूँजी बृद्धिको लागि हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ।

हाइड्रोपावर कम्पनीले भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा बोलाएको छ। सोहि सभामा कम्पनीले १ बराबर १ सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश गर्ने छ।

कम्पनीले सेयरधनीहरुलाई लाभांश भने वितरण नगर्ने भएको छ। सभामा सर्वसाधारण र संस्थापक सेयरधनीको तर्फबाट ५ जना सञ्चालकको निर्वाचन वा नियुक्त गर्ने प्रस्ताव समेत सभामा लाने भएको छ।

अपर तामाकोशीले गत वर्षदेखि विजुली उत्पादन गर्न थालेको छ।

Share.

Leave A Reply