अफगानिस्तानको एउटा मस्जीदमा गरिएको विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

घटनामा परी अरु ६५ जना घाइते भएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

अफगानिस्तानको राजधानी बग्दाददेखि उत्तर तर्फ पर्ने बाल्ख प्रान्तमा पर्ने मजार आइ शरिफ सहरमा रहेको मस्जीदमा विस्फोटन गराइएको हो । 

अहिले प्रारम्भिक विवरणहरू मात्रै सार्वजनिक भएकाले मृतक र घाइतेहरुको सङ्ख्यामा तलमाथि पर्न सक्ने अधिकारीहरूले जनाएका छन् । 

प्रहरीले औपचारिक जानकारी भने दिएको छैन । घटनास्थलमा उद्धार तथा खोजीसँगै विवरण संकलनको काम पनि भइरहेकाले अहिले नै आधिकारीक र औपचारिक विवरण उपलब्ध गराउन नसकिएको प्रहरी अधिकारीहरुको भनाइ छ ।

साे मस्जिदमा विस्फोट गराएका अफगानिस्तानको इस्लामिक स्टेट समूहले दावी गरेको छ ।

उक्त समूहले भनेको छ, “कालिफ सिपाहीहरूले मस्जिदभित्र विस्फोटक पदार्थले भरिएको एउटा झोला राखी यसलाई केही टाढाबाट बिस्फोट गराएका छन् । विस्फोटका समय मस्जीदमा उपासकहरूको भीड रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

Share.

Comments are closed.