बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिको खातामा रहेको ५ लाख रुपैयाँसम्मको बीमा (सुरक्षण) हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार पुनर्बहालीपछि ५ लाख रुपैयाँसम्म निक्षेपको सुरक्षण हुने व्यवस्था सहितको कर्जा सुरक्षण नियमावली स्वीकृत गरेका छन् ।

यसअघि ३ लाख रुपैयाँसम्म निक्षेपको बीमा हुने व्यवस्था थियो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा बढाएर ५ लाख बनाएको थियो । बजेटको व्यवस्था बमोजिम निक्षेप तथा कर्जा सुरक्षण कोषले नियमावली संशोधन गरी स्वीकृतिका लागि अर्थमन्त्रालय पठाएको थियो ।

Share.

Leave A Reply