अमला एक स्वास्थ्यवर्धक् फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो रस उत्पन्न हुन्छ । अमला एक बहुगुणकारी फल हो। रसिलो हुनुको साथै यसले स्वास्थमा धेरै लाभ पुर्याउँछ ।

अमलाले युवाहरुलाई रोगसँग लड्ने शक्ति प्रदान गर्नुका साथै वृद्धहरुलाई युवा-अवस्थामा जस्तै जोस जाँगर पनि दिने गर्छ । यसको लागि अमलालाई दिनहुँ सेवन गर्नुपर्ने हुन्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।

अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ। अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक तत्त्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले औषधीय गुणयुक्त फलको रूपमा लिइन्छ।

आयुर्वेदिक उपचारको क्षेत्रमा अमलालाई औषधिको रूपमै प्रयोग गर्ने गरिन्छ। त्रिफलामध्येको एक फल हो यो।

अमला सेवनले हुने केही फाइदा यस प्रकार छन्:

-नियमित अमला खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। साथै रगत पनि सफा गर्छ।

-यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न सहयोग गर्नुका साथै कब्जियत हुनबाट पनि बचाउँछ।

-भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ।

-अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ भने स्मरण शक्ति बढाउन सहयोग पुर्‍याउँछ।

-अमलाको सेवनले बुढोपन हुनबाट जोगाउँछ भने मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ।

-नियमित अमला सेवनले पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ।

-नाथ्रो फुट्ने, महिनावारीमा बढी रगत जाने आदिमा अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ।

-अमला सेवनले रुघाखोकीसमेत बिसेक हुने गर्छ।

यसका साथै, अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ । यी फाइदाहरुले गर्दा अमला खोजि-खोजि खानु पर्ने देखिन्छ ।

Share.

Comments are closed.