फिल्म ‘हल्कारा : द पोस्टम्यान’बाट नेपाली अभिनेता महेश त्रिपाठीले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा उक्त फिल्मले उत्कृष्ट अभिनेताको विधामा अवार्ड जितेको हो ।

अभिनेता विधामा त्रिपाठीसहित फिल्म ‘अ प्लेस कल्ड होम’बाट बेन ग्याभिन र बेलायती फिल्म ‘फेरी म्यान’बाट ओलिभिर ली पनि प्रतिस्पर्धामा थिए । ग्याभिन र लीलाई उछिन्दै त्रिपाठी पुरस्कृत भएका हुन् ।

यसअघि उक्त फेस्टिभलमा ‘हल्कारा’ले सर्वोत्कृष्ट फिल्म र छायांकन विधामा समेत अवार्ड जितेको थियो । गाउँमा खबर पुर्‍याउने एक चरित्रको कथा प्रस्तुत गर्ने फिल्मलाई विक्रम सापकोटाले लेखन तथा निर्देशन गरेका हुन् ।

फिल्मको वल्र्ड प्रिमियर पनि सोही फेस्टिभलमा भएको थियो । फिल्मलाई चाँडै नेपालका सिनेमा हलमा रिलिज गर्ने तयारी भईरहेको जनाईएको छ ।आइसफल प्रोडक्सन र कालिपार स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्ममा महेश त्रिपाठी र विनिता थापामगर मूख्य पात्रको रुपमा रहेका छन् ।

Share.

Comments are closed.