पछिल्लो समय ग्यास्ट्रिकको साथै अल्सरको समस्या विकराल बन्दै गएको छ ।असन्तुलित खानपान वा कुनै रोगका कारण धेरै मानिसलाई अल्सरको समस्या हुने गरेको छ । अल्सर विभिन्न किसिमका हुन्छन् । ती हुन् आमाशयको अल्सर, पेप्टिक अल्सर र ग्यास्ट्रिक अल्सर । समयमै यस रोगमा ध्यान नदिँदा क्यान्सर पनि हुनसक्ने चिकित्सकले बताएका छन् । आउनुहोस् आज हामी अल्सरको बारे चर्चा गरौँ ।

अल्सरको कारण
पेनकिलरहरूको अत्यधिक प्रयोग, चियाकफीको अत्यधिक सेवन, गरम मसलाहरू धेर खाँदा, हेलिकोबेक्टर पाइलोरी ब्याक्टेरिया, असन्तुलित खानपान, तनाव र डिप्रेसन अल्सरका कारण हुन् ।

अल्सरको मुख्य लक्षण
खाली पेट दुख्ने, भोक नलाग्ने, दिसाबाट रगत आउने, अपच, छाती पोल्ने, पेट घरिघरि दुख्ने, पेट पोल्ने, वाकवाक आउने यसका मुख्य लक्षण हुन् ।

घरेलु आयुर्वेदिक उपचार

केही सरल घरेलु आयुर्वेदिक उपायमार्फत तपाईं अल्सरलाई नियन्त्रण गर्न सकिन्छ । ती मध्ये केहि निम्न छन्:

गाजर
गाजर र बन्दाकोभीलाई बराबर मात्रामा मिसाएर जुस निकाल्ने गर्नुपर्छ । दिनमा दुईचोटि यस जुसको दिनदिनै सेवन गर्नुपर्छ। यसले अल्सर नियन्त्रणमा रहन्छ ।

मेथीको दाना
एक चम्चा मेथीको दानालाई एक गिलास पानीमा उमाल्ने र चिसो बनाएर छान्ने गर्नुपर्छ । त्यस पानीमा एक चम्चा मह मिसाएर दिनमा एकचोटि पिउने । यसले पनि अल्सर हटाउँछ ।

चिसो दूध
एक कप चिसो दूधमा आधी चम्चा कागतीको रस मिसाउने अनि दिनमा दुईचोटि यसलाई सेवन गर्नुपर्छ । यसले अल्सरको समस्या समाधान हुन्छ ।

मुलेठी
एक गिलास पानीमा एक सानो चम्चा मुलेठीको धूलो हालेर मिसाउने त्यसपछि १५ मिनेट त्यत्तिकै छोड्ने गर्नुपर्छ । त्यसलाई छानेर दिनमा तीनचोटि पिउनेक्रमलाई निरन्तरता दिँदा अल्सर निको हुन्छ ।

अमला
राति एक गिलास पानीमा दुई चम्चा अमलाको धूलो, पिँधेको सोंठ र दुई चम्चा मिश्रीको धूलो मिसाएर भिजाउनु पर्छ । बिहान यो पानी सेवन गर्दा अल्सरको समस्या समाधान हुन्छ ।

Share.

Leave A Reply