आइसिएफसी फाइनान्स लिमिटेडको संस्थापक सेयर मंगलबारदेखि बिक्रीमा आएको छ । कम्पनीले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता मूल्य र सेयर संख्या भने तोकिएको छैन । सेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय भाटभटेनी, काठमाडौंमा सम्पर्क राख्न आग्रह गरेको छ ।

विद्यमान संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिदको आवेदन नपरेमा भने नयाँ सेयरधनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

Share.

Comments are closed.