अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य घटाएर पठाएको छ ।

समोबार पठाएको नयाँ मूल्यसूची अनुसार अनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको आयल निगमले जनाएको छ ।

आईओसीले अघिल्लो पटक पनि पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो । भारतबाट घटेर आए पनि आयल निगमले घटाएको थिएन ।

अहिले नेपालमा मूल्य नघटाए निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । यद्यपि डिजलमा भने प्रतिलिटर करिव १० रुपैयाँ नोक्सानी रहने निगमले जनाएको छ ।

Share.

Leave A Reply