माई खोला हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका छन्।

यी दुबै कम्पनीले साउन २५ गते आफ्ना केन्द्रिय कार्यालयमा साधारण सभा आह्वान हुन्। सगरमाथाको सभा बिहान साढे ९ बजे शुरु हुनेछ भने माई खोलाको साढे ११ बजे शुरु हुनेछ।

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, आईपीओ निष्काशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांश वितरण गर्ने, सञ्चालक समिति सदस्यहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Share.

Comments are closed.