विभिन्न नीतिगत सुधारको माग गर्दै आन्दोलन थालेका लगानीकर्ताहरु आज नेपाल स्टक एक्सचेजमा जाने भएका छन्। लगानीकर्ताले मंगलबार दिउसो ३ बजे नेप्से कार्यालय अगाडि प्रदर्शन गर्ने भएका छन्।

सेयर बजारको सुधारको लागि लगानीकर्ताले विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन थालेका छन्। पूँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन भएको छ।

सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुंदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । सो अनशन अघि लगानीकर्ताहरुले चरणबद्ध रुपमा कार्यक्रमहरुको घोषणा गरेका छन्।

सोमबार पनि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा पुगेर अध्यक्ष हमाललाई ज्ञापनपत्र बुझाएका थिए।

Share.

Comments are closed.