आदर्श लघुवित्त वित्तीय संस्थाको साधारण सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीकाे २ लाख ७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ६७ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १ लाख ४० हजार कित्ता गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीकाे सेयरलाई न्युनतम १२२ रुपैयाँ ८८ पैसा देखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा मंगलबार देखि कम्पनीको सेयर कारोबारमा आउनेछ ।

कम्पनीको सेयरलाई नेप्सेले एडीएलबी कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा कम्पनीको सेयर कारोबार हुनेछ ।

Share.

Comments are closed.