एक पटकको कुरा हो, एउटा गाउँमा एक सानो केटा बस्थ्यो जसको स्वभाव निकै रिसाहा थियो। उसको बुबाले उसलाई कीलाको झोला दिने निर्णय गरे र भने कि जब केटालाई रिस उठ्छ उसले पर्खालमा एउटा कीला ठोक्नुपर्छ।

पहिलो दिन, केटाले त्यो पर्खालमा ३७ वटा कीलाहरू हान्यो।

केटाले बिस्तारै अर्को केही हप्ताहरूमा आफ्नो रिस नियन्त्रण गर्न थाल्यो र उसले पर्खालमा हानेको कीलाहरूको संख्या बिस्तारै घट्दै गयो।

उसले पत्ता लगायो कि ती कीलाहरू पर्खालमा हान्नु भन्दा आफ्नो रिस नियन्त्रण गर्न सजिलो छ।

अन्ततः त्यो दिन आयो जब केटाले आफ्नो नियन्त्रण गुमाउन छोड्यो। उसले आफ्नो बुबालाई खबर सुनायो र बुबाले आफ्नो रिस नियन्त्रणमा राखेर केटाले अब हरेक दिन एउटा कीला पर्खालबाट तान्ने सुझाव दिए।

दिन बित्दै गयो र केटाले अन्ततः सबै किलाहरू निकालेको कुरा बुबालाई सुनायो। बुबाले छोराको हात समातेर पर्खालमा लगे। पर्खालका प्वालहरु देखाउँदै बुबाले भने, “तिमीले राम्रो गर्यौ मेरो छोरा ! तर एकपटक पर्खालका प्वालहरू हेर। पर्खाल अब कहिल्यै पहिलाजस्तो हुनेछैन। जब तिमी रिसाएर कुरा गर्छौ, तिनीहरूले यस्तै दाग छोड्छन्। तिमीले एक मानिसलाई चक्कु हानेर र त्यसलाई बाहिर निकाल्न सक्छौ। तर जति चोटि ‘मलाई माफ गर’ भने पनि, घाउ आलो नै रहन्छ।”

नैतिक पाठ:
आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोस्। क्षणिक आवेगमा मानिसहरूलाई प्याच्च नभन्नुहोस्, जसले गर्दा पछि पछुताउनु नपरोस्। जीवनमा केहि चीजहरू, तपाईं फिर्ता लिन असमर्थ हुनुहुन्छ।

Share.

Comments are closed.