नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशन बसेका लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि पाटन अस्पतालमा भर्ना गरिएकाे हो ।

विगत ७ दिनदेखि आमरण अनशन बस्दै आएका कोइरालाको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि पाटन अस्पताल भर्ना गरिएको हो । स्वस्थ्यमा एकाएक समस्या देखिन थाले पछि कोइरालाले नमान्दा नमान्दै जबर्जस्ति अस्पताल ल्याएको अनशनमा सहभागि लगानीकर्ताले बताए।

कोइरालाले पहिलेदेखि सुगर र प्रेसरको औषधि खाँदै आएका थिए । सोमबारदेखि कोइरालालाई ज्वरो आउने र वान्ता हुन थालेको थियो ।

कोइरालाको सुगर प्रेसरको मात्र अत्यान्त न्यून भएको डाक्टरले यसअघि नै जानकारी गराएका थिए। पूँजी बजार सुधार संघर्ष समितिका संयोजक कोइराला विगत ७ दिनदेखि १९ बुँदे मागसहित आमरण अनशनमा छन्।

पूँजी बजारको सुधारका लागि लगानीकर्ताले दैनिक रुपमा प्रदर्शनी समेत गर्दै आएका छन्। झण्डै एक हप्ता लामो आमरण अनशन बस्दा पनि सरकारी पक्षबाट लगानीकर्तालाई बार्तामा बोलाइएको भने छैन।

Share.

Comments are closed.