लगातार चार दिनको भारी गिरावट पछि आज भने नेप्से केहि सम्हालिएको जस्तो देखिएको छ।

१ बजे सम्मको अपडेट अनुसार नेप्से परिसूचक ६ अंकले घटेर २५३५ को बिन्दुमा पुगेको थियो। कतै त्यहि बिन्दु बटम बनाएर फर्किएको होकी भन्ने आधार भने अझै देखिंदैन । आज कारोबार पनि अत्यन्त सुस्ताएको छ । २ घण्टामा करिब ७० करोडको खरिद बिक्री मात्र भएको छ।

त्यस्तै सर्वाधिक कारोबार गर्ने कम्पनीमा आज ग्लोबल आइएमई बैंक परेको छ। इमर्जिङ्ग पावर कम्पनीले आज पनि सर्किट लेबल १०१२ मा कारोबार गरेको छ भने नेस्डो समृद्धि लघुवित्तको ६% मूल्य वृद्धिमा कारोबार भएको हो।

Share.

Comments are closed.