बीमा ब्रोकिंग कम्पनी ट्रस्ट इन्स्योरेन्स ब्रोकिङ कम्पनी लिमिटेडले निम्न पदहरूमा बीमा ब्रोकिंग क्षेत्रमा करियर बनाउन चाहने इच्छुक नेपाली उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको छ:

१ . पुन: बीमा सल्लाहकार:
पद संख्या – १

योग्यता र अनुभव: बीमा कम्पनीको पुनर्बीमा विभागमा १० वर्ष काम गरेको अनुभव सहित न्यूनतम स्नातक डिग्री, आन्तरिक तथा अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसायमा अनुभव भएको हुनुपर्नेछ।

२. फाइनान्स अफिसर :
पद संख्या – २

योग्यता र अनुभव: सामान्य बीमा कम्पनीहरूको खाताहरू ह्यान्डल गर्नमा न्यूनतम ४ वर्षको अनुभवको साथ न्यूनतम स्नातक डिग्री।

३. कार्यालय सहायकहरू:
पद संख्या – २

योग्यता र अनुभव: नेपाली र अंग्रेजी टाइपिङ र पत्राचारमा राम्रो कमाण्ड भएको न्यूनतम स्नातक डिग्री। बीमा क्षेत्रमा अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।

इच्छुक उम्मेद्वारहरूले यस कम्पनीको आधिकारिक इमेल ठेगानामा trustnepal@trustinsurance.com १५ जुन २०२२ सम्ममा अनुभव प्रमाणपत्रहरू सहित अपेक्षित तलब पनि उल्लेख गरी आफ्नो बायोडाटा पठाउन सक्नेछन्।

Share.

Comments are closed.