क्रिकेटरबाट नेता र पाकिस्तानका प्रधानमन्त्री बनेका इमरान खानले आफ्नो नाममा अर्को एक रिकर्ड जोडेका छन्। इमरान खान विश्वास मतद्वारा हटाइएका पाकिस्तानका पहिलो प्रधानमन्त्री बनेका छन्। 

पाकिस्तानको इतिहासमा प्रधानमन्त्रीको सरकार अविश्वास प्रस्तावले हटाएको यो पहिलो घटना हो।  

शनिवार राती पाकिस्तानमा इमरान खान सरकार विरूद्ध अविश्वास जाहिर गरेर  नेशनल असेम्बलीले मतदान गरी हटाइ दियो।  

यसैका साथ इमरान खान पाकिस्तानको इतिहासमा पहिलो प्रधानमन्त्री बने, जसलाई अविश्वास प्रस्तावद्वारा सरकारबाट हटाइयाे।

नेशनल असेम्बलीका १७४ सदस्यले इमरान खान सरकार विरूद्ध भाेट गरे इमरान खान र उनका पार्टी (पिटिआइ) ले विरोध गरेका थिए। उनीहरू संसदमा उपस्थित थिएनन्। 

Share.

Comments are closed.