पाकिस्तानमा सर्वोच्च अदालतले नेश्नल एसेम्ब्लीलाई पुनर्स्थापना गरेको छ । प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमा भोटिङ गराउन पनि अदालतले आदेश दिएको छ । उपसभामुख कासिम सुरीको अविश्वास प्रस्ताव खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए ।

तर सर्वोच्च अदालतलका प्रधानन्यायाधीशको नेतृत्वमा पाँचसदस्यीय बेञ्चले अविश्वास प्रस्ताव खारेज गर्ने उपसभामुख कासिम सुरीको निर्णयलाई असंवैधानिक ठहर गरेको थियो । प्रधानमन्त्री खानले संसद भंग गर्न राष्ट्रपतिलाई सिफारिस गर्न नसक्ने ठहर गर्दै संसद पुनर्स्थापना गरेको छ । साथै ९ अप्रिलमा अधिवेशन बोलाउने र अविश्वास प्रस्तावमाथि भोटिङ गरिने जानकारी दिइएको छ ।

अदालतको यो फैसला प्रधानमन्त्री इमरानका लागि ठूलो झट्का दिएको छ भने विपक्षी नेताहरुले भने अदालतको फैसलाको स्वागत गरेका छन् । उनीहरूले जनताको जीत भएको बताएका छन् ।

Share.

Comments are closed.