धेरै वर्ष अगाडीको कुरा हो, एकजना बेकरले एक किसानसँग हरेक दिन एक पाउण्ड नौनी किन्ने गर्थ्यो । एकदिन बेकरलाई शंका लाग्यो की उसले लिईरहेको नौनीको तौल ठीक छ की नाइँ ! उसले जोख्दा खेरि नौनीको तौल १ पाउण्ड थिएन । रिसाएको बेकरले किसानलाई अदालतको कठघरामा उभ्यायो ।

न्यायाधीशले किसानलाई सोधे कि उसले कुनै उपाय प्रयोग गरिरहेको छ कि नाइँ नौनी जोख्नको लागि। किसानले जवाफ दियो, “श्रीमान् म गाउँमा बस्छु । मसँग उचित ढक छैन, तर मसँग एउटा तराजु छ। “

न्यायाधीशले सोधे, “त्यसोभए तिमी कसरी तौल गर्छौ त?”

किसानले जवाफ दियो, ” श्रीमान् ! बेकरले मसँग नौनी खरिद गर्नु अघिदेखि नै मैले उसँग एक पाउण्डको रोटी किन्ने गर्थें । हरेक दिन जब बेकरले रोटी ल्याउँथ्यो, मैले त्यसलाई तराजुमा राखेर बराबर वजनको नौनी दिने गर्थें। यदि यो परिमाण ठग्ने अपराधमा कोही जिम्मेवार छ भने, त्यो बेकर नै हो। “

नैतिक पाठ:
जीवनमा तपाईंले जे दिनुहुन्छ, त्यही पाउनुहुन्छ।

Share.

Comments are closed.