हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले आज साउन १५ गतेबाट कुल २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः लिलामी बिक्री खुला गरेको छ । यसअघि असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिकेको थियो । त्यसबेला बिक्री नभएको सेयर अहिले पुनः लिलामी बिक्री खुला गरेको हो ।
यस लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ । बोलपत्र पेस गर्ने म्याद साउन २९ गतेसम्म तोकिएको छ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ ।
यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिनेछ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
Thursday, August 18
Trending
- चीनमा बाढीको बितण्डाः १६ जनाको मृत्यु, दर्जनौ बेपत्ता
- मिडल ब्याण्ड पहिलो रेसिस्टेन्स: ए.डी. एक्स , इलियट सबैबाट २१०० आसपास बिन्दु किन लक्ष्मण रेखा ?
- नेप्से करिब २८ अङ्कले बढ्यो, ४ कम्पनीको पोजिटिभ सर्किट !
- करारका शिक्षकलाई हटाएको विषयमा माओवादी केन्द्रीय सदस्यको अभिव्यक्तिप्रति निजी विद्यालयकाे आपत्ती
- मस्कले म्यानचेस्टर युनाइटेड किन्ने !
- नेप्से इन्ट्राडे अपडेट: लगभग २० अङ्कको वृद्धि !