हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL)ले असार २४ गते अवितरित हकप्रद सेयर बाँडफाँट गरेको थियो।

कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत खरिद आव्हान गरेको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर बाँडफाँट गरेको हो। सो प्रक्रियामार्फत खरिद आवेदन दिएका १० जना बोलपत्रदाताको ११ थाप बोलपत्र आवेदनलाई रद्द गरी रीतपूर्वक दरखास्त दिने ३७७ जना बोलपत्रवालाहरुलाई आवेदन अनुसार बोलपत्र बाँडफाँट गरिएको हो।

कम्पनीको कटअफ मूल्य १०० रुपैयाँ निर्धारण भएको छ।

सो शेयर बाँडफाँटमा नपरेको रकम फिर्ता भुक्तानी साउन १ गतेदेखि गरिने कम्पनीले जनाएको छ। कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Share.

Comments are closed.