एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लिलामीमा सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

क्यापिटलले उत्त कम्पनीको ५० हजार कित्ता संस्थापक सेयर जेठ १८ गतेदेखि लिलामीमा ल्याएको हो । ईच्छुक सम्बन्धीत कम्पनीको विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले जेठ २५ गते बुधवार कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न पर्नेछ । आवेदकले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण सेयर संख्याको लागि आवेदन दिन सक्नेछन् ।

Share.

Comments are closed.