नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले १४ लाख २५ हजार ६६८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त सेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित कार्यालयको सेयर विभागमा लिखित निवेदन सहित सम्पर्क गर्न आग्रह गरेको छ ।

उक्त समय अवधिमा सेयर खरीद गर्न कुनै प्रस्ताव नआएमा अन्य खरीदकर्तालाई उक्त सेयर बिक्री गरिने कम्पनीले बताएको छ ।

Share.

Comments are closed.