राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै व्यक्ति भए-नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । बिहीवार राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै सांसद शर्माले यस्तो माग गरेका हुन् ।

उनले नियम,कानून,मूल्य मान्यता,गल्ति र नैतिकताले नै समाजलाई सुसंस्कृत बनाउने भएको भन्दै दबाब,आन्दोलन नगरेर नैतिकतालाई स्थापित गर्न प्रतिपक्ष दलका नेताको उद्घोष पुनः आत्मसाथ गर्न आग्रह गरे ।

उनले भने,‘एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै हुन् ? सरकारलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्दछु ।’

Share.

Comments are closed.