केहि दिन अघि ट्विटरका सीईओ पराग अग्रवालले दुनियाँका सबैभन्दा धनी र टेस्लाका सीईओ एलन मस्कलाई आफ्नो  सोशल मीडिया प्लेटफर्म ट्विटरको बोर्डमा समावेश हुन अफर गरेको सूचना आएको थियो। अहिले फेरि अर्को खबर आएको छ कि मस्कले ट्विटरको बोर्डमा समावेश हुने प्रस्ताव अस्विकार गरेका छन्। 

दुई सीईओको बीच धेरै तर्कपश्चात् एलन मस्कले उनी केवल एक स्टकहोल्डर रहनु सबैका लागि उपयुक्त हुनेछ भनेर घोषणा गरे।

ट्विटरका सीईओले पनि ट्विटरले सदैव आफ्ना स्टेकहोल्डर्सको धारणालाई मान्यता दिने बताए। त्यसैले एलन मस्कको निर्णयको पनि उनले स्वागत गरे। उनले ट्विटरको जे लक्ष्य र प्राथमिकता छ, त्यो सधैँ रहने बताए।

Share.

Comments are closed.