विश्वको एक प्रसिद्ध सोसल मिडिया कम्पनी ट्वीटर एलन मस्कले किनेका छन् । विश्वका नम्बर १ धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् ।

एलन मस्कले केही दिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए । त्यसपछि, उनलाई सेयर खुलासा नगरेको भन्दै मुद्दा पनि परेको थियो । त्यही झोँकमा उनले ट्वीटरको सबै सेयर किनेका हुन् । उनले ट्वीटर ५४.२० डलर प्रति सेयरको दरले पुरै कम्पनी किनेका हुन् ।

ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले भनेका छन्, “ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्ताव गम्भीरतापूर्वक आँकलन गर्यो ।सम्झौतापछि ट्वीटरको सबै सेयर होल्डर्सलाई क्यासमा आकर्षक प्रिमियम प्राप्त हुने छ जसबाट सेयरधनीलाई फाइदा हुने छ । हामीलाई लाग्छ ट्वीटरको सेयर होल्डरका लागि यो राम्रो अवसर हो ।”

यसैगरी ट्वीटर कम्पनीका नयाँ मालिक एलन मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको उल्लेख गर्दै भनेका छन्, “ट्वीटर यस्तो डिजिटल टाउन हो जहाँ मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुन्छ । ट्वीटरमा जबरजस्त क्षमता छ ।”

उनले ट्वीटरमा नयाँ सुविधा थपेर पहिलेभन्दा अझ राम्रो बनाउन कोसिस गर्ने जनाएका छन् ।

Share.

Comments are closed.