र्‍यापर जी-बबको स्वरमा रहेको गीत ‘भाग भाग न दे अब धेरै धाक’ रिलिजको केही घण्टामै नेपालमा युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको छ ।

फिल्म ‘ए मेरो हजुर ४’मा समावेश यो गीतमा जी-बबसहित फिल्मका प्रमुख कलाकारहरु सुहाना थापा, अनमोल केसी, नीराजन प्रधान देखिन्छन् । गीतलाई आइतबार २ बजेसम्म ९ लाख ७१ हजारभन्दा बढी पटक युट्युबमा हेरिएको छ ।

गीतको शब्द र संगीत स्वयं जी-बबकै छ । हुक लाइन लिरिक्स सुरेन्द्र गुरुङ हाकिमको छ । रामजी लामिछानको कोरियोग्राफी रहेको गीतमा नायिका क्लबमा पुगेपछि हुने दृश्य समेटिएको छ ।

जी-बबसँग सहकार्य गर्न पाउँदा खुसी लागेको पनि सुहानाले बताइन् । गीतलाई जी-बबका फ्यानले सामाजिक सञ्जालमा व्यापक सेयर गरिरहेका छन् ।

Share.

Comments are closed.