देउवा सरकारको अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार नियुक्त गरेकी हुन ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुले प्रवेश पाएको विषयमा विवादित बनेपछि अर्थमन्त्रीबाट राजीनामा दिएका शर्माले २५ दिनपछि नै पुनः जिम्मेवारी पाएका हुन् ।

बजेट निमाणमा अनधिकृत व्यक्तिहरुले प्रवेश पाएको बिषयमा संसदीय छानबिन समितिले शर्मालाई सफाइ दिदै गत बिहिबार प्रतिवेदन बुझाएको थियो ।

शीतल निवासमा साँझ साढे ५ बजे सपथग्रहण समारोह राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Share.

Leave A Reply