नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कर्जा जीडीपीको आकारमा बढी हुँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । उनले ४२ खर्बको जीडीपीको आकार भएका बेला ४७ खर्बको कर्जा गएको र कर्जा प्रवाह अनुसार अर्थतन्त्र बिस्तार नभएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा बोल्दै उहाँले तरलता बढाउन आयात घटाउनुपर्ने बताएका हुन् । उनले व्यापारीहरुले अर्थतन्त्रको सुधारका लागि नैतिकता अपनाए आयातमा कडाइ गर्नु नपर्ने बताएका हुन् ।

Share.

Comments are closed.