कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले बुधबारदेखि अवितरित हकप्रद सेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको हो । कम्पनीले गत माघ ७ गतेदेखि फागुन १६ गतेसम्म बिक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको छ ।

यस सेयर खरीदका लागि चैत २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने कुरा जनाईएको छ । यस सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

उक्त सेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

आवेदकले बोलपत्र बिक्री प्रबन्धकसँगै सिभिल बैंकका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, सुर्खेत नेपालगञ्ज, धनगढी तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा शाखा कार्यायहरुमा प्राप्त गर्न र पेश गर्न सकिने बैंकले जनाएको छ ।

Share.

Comments are closed.