स्पेसल प्रि–ओपन सेसनमा सेयर किनबेच नहुँदा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आज मंगलबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा नआउने भएको छ। 

यो लघुवित्तको आईपीओ सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, प्रि–सेसनमा नेप्सेले तोकेको रेन्जमा यो लघुवित्त सेयर किनबेच नहुँदा नियमित समयका लागि कारोबारमा आउन नसकेको हो। 

अब भोलि बुधबार नेप्सेले तोकेको रेन्जभित्र यो लघुवित्तको सेयर स्पेसल प्रि–ओपन सेसनमा किनबेच भएमा नियमित समयका लागि कारोबार खुल्नेछ। 

Share.

Comments are closed.