किवी दक्षिणपश्चिम चीनको पहाडहरूमा पाइने एक प्रकारको फल हो।न्यूजील्याण्ड यस लोकप्रिय फलको मुख्य उत्पादक हो। यी फल अहिले विश्वका अन्य क्षेत्रहरूमा पनि पाइन थालिएको छ। संयुक्त राज्य अमेरिका सहित विश्वका अन्य धेरै क्षेत्रहरूमा पनि किवीहरू उब्जाइन्छ।

किवी एक सानो र धेरै स्वादिलो फल हो जसमा प्रशस्त मात्रामा भिटामिन, खनिज र अन्य पौष्टिक प्रदार्थ पाइन्छ। त्यसैकारण, यो फल स्वास्थ्यका लागि निकै लाभकारी छ।

कुनै बेला चाइनिज गुजबेरी भनेर चिनिने किवीलाई न्यूजील्याण्डका फलफूल निर्यातकर्ताहरूले उडानविहीन किवी चराहरूको नामले “किवी” नाम दिएका थिए।

किवीमा भिटामिन ‘सी’ असाधारण रूपमा उच्च हुन्छ। ३.५-औन्स (१००-ग्राम) किवीले औसत दैनिक भिटामिन सी आवश्यकताको ८०% भन्दा बढी प्रदान गर्दछ।

भिटामिन सीले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्टको रूपमा कार्य गर्दछ र कोशिकाहरूलाई अक्सिडेटिभ क्षतिबाट बचाउँछ। यो प्रतिरक्षा कार्यमा पनि संलग्न छ। शरीरलाई कोलाजेन र न्यूरोट्रान्समिटरहरू बनाउन यसको आवश्यकता पर्दछ।

थप रूपमा, किवीमा पोटासियम, कपर, भिटामिन ‘के’, फोलेट, र भिटामिन ई, फ्याट-घुलनशील पोषक तत्व हुन्छ जसमा एन्टिअक्सिडेन्ट प्रभाव बढी हुन्छ र स्वास्थ्यमा प्रतिरक्षकको महत्त्वपूर्ण भूमिका खेल्छ।

किवीमा क्यालोरी, प्रोटिन र फ्याट कम हुन्छ र यी फाइबरको पनि राम्रो स्रोत हुन्।तरकारी र फलफूलहरू जस्तै किवी आहारमा उपभोग गर्नाले मुटुलाइ स्वस्थ्य राख्न पनि मद्दत गर्दछ।

अध्ययनले देखाए अनुसार किवीले, विशेष गरी, उच्च रक्तचाप सहित हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ।
किवीमा अघुलनशील र घुलनशील फाइबर दुवै हुन्छन्।

किवीमा पाइने घुलनशील फाइबरले ‘ब्लड सुगर’ नियमन र मुटुको स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । किवीका स्वास्थ्यवर्धक लाभहरूले पेटका ब्याकटेरिया गतिशिल राखी स्वस्थ राख्न समर्थन गर्दछ र फलमा पाइने अघुलनशील फाइबरले आन्द्राको कार्यलाइ सन्तुलित राख्न मद्दत गर्दछ ।

Share.

Leave A Reply