अभिनेत्री केकी अधिकारी र रोहित तिवारीबीच आज बिहीबार विवाह हुँदैछ ।

काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो विवाह कार्यक्रम हुन लागेको निकट स्रोतले जनाएको छ । परिवार र निकट आफन्तको उपस्थितिमा विवाह हुने जनाइएको छ । विवाह समारोहमा केकीले आफू निकट केही साथीहरुलार्ई पनि बोलाएकी छन् ।

एक वर्षदेखिको प्रेमलाई यी दुईले दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् । बुधबार नै उनीहरुबीच बिहे भएको हल्ला चलेको थियो । तर हल्लालाई गलत प्रमाणित गर्दै उनीहरुले मेहेन्दीको तस्वीर सार्वजनिक गरेका थिए ।

केकीका हुनेवाला श्रीमान रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।

Share.

Comments are closed.