गत बिहीबार रिलिज भएको दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा एकपछि अर्को कीर्तिमान कायम गरिरहेको छ । भारतमा मात्रै होइन, विदेशी बक्स अफिसमा समेत यो फिल्मको कमाइ आक्रामक रहेको छ ।

वर्षकै सबैभन्दा बृहत रिलिज बताइएको ‘केजीएफ-२’ले पहिलो दिनमै बक्स अफिसमा ८० प्रतिशत बराबरको अकुपेन्सीसहित ओपनिङ गरिरहेको थियो । पहिलो साताको समाप्तिसम्म पनि बिहीबारको कमाइमा धेरै कमी आइसकेको छैन ।

ओपनिङ विकेन्ड कलेक्सनमा ‘केजीएफ-२’ले निर्देशक एसएस राजामौलीको अघिल्लो फिल्म ‘बाहुबली २’लाई समेत उछिनेको छ । पहिलो सप्ताहन्त ‘केजीएफ-२’को हिन्दी डब भर्सनले भारतीय बक्स अफिसमा १९३.९९ करोड भारु कमाएको बलिउड हंगामाले बताएको छ ।

यसभन्दा अघि, ‘बाहुबली-२’ ले १२८ करोड भारु कमाउँदै हिन्दी डब गरिएका सबै फिल्ममध्ये बढी कमाउने फिल्म बनेको थियो ।

Share.

Comments are closed.