दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘के घर के डेरा’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी हुन् । निर्माण टोलीले सुरक्षालाई फिल्मको मुख्य भूमिकामा अनुबन्ध गरेको हो ।

फिल्ममा सुरक्षाको प्रवेशसँगै चार जना मुख्य कलाकार पनि अनुबन्धित भएका छन् । अभिनेता दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा यसअघि नै फाईनल भइसकेका छन् ।

ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्म आगामी वर्षमा नै प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

Share.

Comments are closed.