आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा बलिउड अभिनेता सलमान खानले कन्सर्ट गर्ने तयारी भईरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत सहयोगमा इभेन्ट म्यानेजमेन्ट कम्पनी ओडीसीले द ब्याङ रिलोडेड टुर गर्न लागेको हो । मन्त्री प्रेमबहादुर आलेले सलमानसँग भिडियो संवाद गर्दै नेपालमा स्वागत गर्न आफू आतुर रहेको बताइसकेका छन् ।

मन्त्री आले र सलमानबीचको उक्त संवादपछि सामाजिक सञ्जालमा कतिपयले आलोचना पनि गरिरहेका छन् । सलमान र कार्यक्रमलाई नै लिएर विरोध हुन थालेपछि मन्त्री आलेले मुख खोलेका छन् ।

सगरमाथा आरोहण गर्न लागेका गायक राजु लामा र अभिनेत्री दीया पुनलाई शुभकामना दिन सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले भने, “कसैले चिन्ता नलिए हुन्छ । कोभिडले थलिएको पर्यटन क्षेत्रलाई सघाउन सलमानलाई नेपाल ल्याउन लागिएको हो र यसमा सरकारले सहयोग मात्र गरेको हो ।”

Share.

Comments are closed.