समयमा क्यापिटल प्लान पेश नगर्ने बीमा कम्पनीलाई बीमा समितिले बीमा ऐन अनुसार १० हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । बीमा समितिले आइतबारसम्म पूँजी बृद्धि योजना पेश गर्न निर्देशन दिएको थियो । क्यापिटल प्लान पेश नगर्ने १५ कम्पनी कारबाहीमा पर्ने भएका हुन् ।

चैत १० गते सम्पुर्ण बीमा कम्पनीहरुलाई एक महिना भित्र क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको थियो । सोहि अनुसार जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब पूँजी जुटाउने योजना पेश गर्नु पर्ने थियो ।

जीवन तर्फ सूर्या लाइफ, नेशनल लाइफ, एशियन लाइफ, महालक्ष्मी लाइफ, मेट लाइफ, एलआइसी नेपाल, सानिमा लाइफ, सिटिजन लाइफ, गुराँस लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ र प्राइम लाइफले पेश गरेका हुन् । त्यस्तै निर्जीवन तर्फ सानिमा जनरल, आइएमई जनरल, एभरेष्ट, प्रुडेन्सियल, नेको, लुम्बिनी, शिखर, नेपाल इन्स्योरेन्स, सगरमाथा, जनरल, अजोड र प्रभु इन्स्योरेन्स रहेका छन् । बाँकी जीवन तथा निर्जीवनले अझै पनि बुझाउन सकेका छैनन् ।

Share.

Comments are closed.