अर्थमन्त्री जनार्दन शर्माले खराब नीतिकै कारण मुलुकको अर्थतन्त्र थप चुनौतीपूर्ण अवस्थामा पुगेको बताएका छन् । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आगामी बजेटबारे सुझाव दिनका लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।

कमजोर सरकारी संरचना र अनुसन्धानबिना लादिएका नीतिका कारण सरकारले अपेक्षित आर्थिक वृद्धि र विकास निर्माणका गतिविधि संचालन गर्न नसकेको उनले बताए ।

विगतका वर्षहरुमा अबलम्बन गरिएका खराब नीतिका कारण अहिले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको उनको भनाइ छ । अहिले देखिएका समस्या यसअघि लागू गरिएका नीतिको उपज रहेको उहाँले बताए । संस्थागत सुधारका लागि पनि आफूले पहल गरेको उनले बताए ।

Share.

Comments are closed.