शारीरिक गतिविधिले शारीरिक र मानसिक स्वास्थ्य दुबैलाई फाइदा पुर्‍याउँछ। विशिष्ट स्वास्थ्य अवस्थाहरूको लागि शारीरिक गतिविधिमा सिफारिस व्यायामहरु अवधि, तीव्रता र आवृत्तिमा बढी केन्द्रित छन् तर व्यायामको समय तिनीहरुले तोक्दैनन्।

खानापछि गरिने अभ्यासहरू सामान्यतया: मध्यम-तीव्रताका अभ्यासहरू हुन्छन् जस्तै हिँड्ने, सिँढी चढ्ने र ध्यान गर्ने आदि। अध्ययनहरूले पनि खानापछिको व्यायामले प्रदान गर्न सक्ने विभिन्न फाइदाहरूमा प्रकाश पारेका छन्।

खाना खाएपछि कसरत गर्न कति समय कुर्नुपर्छ?

व्यायामको फाइदा उठाउन हामीले के खान्छौँ र कहिले खान्छौँ भन्ने कुरा महत्त्वपूर्ण छ। व्यायाम गर्नु अघि लामो समयको लागि खाना छोड्दा व्यक्तिलाई सुस्ति महसुस हुन सक्छ।

विहानको खाजा हल्का र कम भएमा विहानको व्यायाम (लामो अवधि, मध्यमदेखि उच्च तीव्रता) करिब एक घण्टा पछि गर्न सकिन्छ। यदि कसैले भारी खाजा पछि कसरत गर्ने योजना बनाउछ भने ३ देखि ४ घण्टा कुर्नपर्छ।

बेलुकाको खाना पछि गर्न सकिने सरल योग आसनहरू :

भोजन पछिको व्यायामका फाइदाहरू:

इन्सुलिन उत्पादन सुधार गर्दछ ।

ट्राइग्लिसराइडकाे मात्रा घटाउँछ।

पाचनक्रिया सुधार गर्छ।

हाइपरग्लाइसेमिया रोक्छ।

रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ।

ताैल घटाउन मद्दत गर्दछ।

खाना पछिको व्यायामको साइड इफेक्टहरू:

खाना खाइसकेपछि तुरुन्तै व्यायाम गर्दा केही मानिसहरूमा प्रतिकूल लक्षणहरू देखा पर्न सक्छ।यसमा वाकवाकी, बान्ता, पेट दुखाइ, र थकान जस्ता ग्यास्ट्रोइंटेस्टाइनल असुविधाहरू हुन सक्ने सम्भावना रहन्छ।

पहिले-अवस्थित ग्यास्ट्रोइंटेस्टाइनल असुविधा भएका व्यक्तिहरूले खाना खाएपछिको व्यायाममा संलग्न हुँदा सावधान हुनुपर्छ।

प्रायः हाइपोग्लाइसेमिया (रगतमा ग्लुकोजको मात्रा कम) अनुभव गर्ने मधुमेह भएका व्यक्तिहरू सावधान रहनुपर्छ। मधुमेह भएका अप्रशिक्षित व्यक्तिहरूले मध्यम-तीव्रता अभ्यासमा संलग्न हुँदा हाइपोग्लाइसेमिया अनुभव गर्न सक्छन्।

खानापछिको अभ्यास तीव्रतामा हल्का देखि मध्यम भए तापनि यसले प्रदान गर्ने स्वास्थ्य लाभहरू अद्भुत छन्। योग, हिँड्ने, र सिँढी चढ्नु भनेको खाना खाएपछि अभ्यास गर्न सक्ने केही उत्कृष्ट अभ्यासहरू हुन्। यी अभ्यासलाई सावधानीका साथ आफ्नाे दैनिकी बनाईयो भने जीवनशैलीलाई स्वस्थपूर्ण आयाम दिन सकिन्छ।

Share.

Comments are closed.