स्थानीय तह २०७९ का लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का तर्फबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् । रत्नपार्कस्थित शान्ति बाटिकाबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रियसभा गृहमा पुगी उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै स्थापितले आफ्नो उम्मेदवारी दर्तासँगै गठबन्धनको ‘गेम ओभर’ भएको बताए ।

स्थापितले निर्वाचनमा गठबन्धनभन्दा डबल भोट ल्याएर जित्ने दाबी गरेका छन् । यस्तै उनले आफू प्रमाणित मान्छे भएकाले आगामी चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर मत ल्याउएर निर्वाचित हुने दाबी गरेका छन् ।

Share.

Comments are closed.