अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

नगर  प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ ११ हजार ३९६ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली  कांग्रेसकी शान्ता भण्डारीले नौ हजार ५३५ मत प्राप्त गरेकी छन् । 

विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि श्रेष्ठ एमालेको तर्फबाट उम्मेदवार थिए । त्यसबेला उनी नेपाली कांग्रेसका कमलप्रसाद भुसालसँग एक हजार १०३ मतले पराजित भएका हुन् ।  

यस्तै उपप्रमुखमा एमालेकै मिश्रा आचार्य विजयी भएका छन् । आचार्यले नौ हजार ६४६ मत प्राप्त गरेका छन् । गठबन्धनबाट उम्मेदवार बनेका (माओवादी केन्द्र)का राजेन्द्र भुसालले नौ हजार १६८ मत ल्याएका छन् । 

Share.

Comments are closed.