गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्याथी संगठनहरुले आइतबार बालुवाटारमा प्रदर्शन गरेका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गरेका हुन्।

दुई विद्यार्थी संगठनले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालुवाटार क्षेत्रमा प्रदर्शन गर्ना थालेपछि प्रहरीले बल प्रयोग गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पार्टी संगठनमा नाम रहेपछि विवादमा परेका गभर्नर अधिकारीकाे चौतर्फी विरोध भइरहेको छ। संगठनहरुले गभर्नर अधिकारीले राजिनामा दिनुपर्ने भन्दै प्रदर्शन गरेका थिए।

Share.

Comments are closed.