गभर्नर अधिकारीमाथि छानविन गर्न पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति समेत बनेको छ ।

समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ । गभर्नर अधिकारी एमाले अर्थमन्त्री युवराज खतिवडाको पालामा नियुक्त भएका थिए । उनलाई विहीबार बसेको मन्त्रीपरिषदको बैठकले हटाएको जनाइएको छ । तर, उक्त सूचना भने शुक्रबार साँझ मात्रै बाहिर ल्याइएको थियो । उनीमाथि लागेका मुख्य आरोपहरु यस प्रकार छन् :

अनुशासनहीन काम गरेको
संस्थाको गोपनीयता कायम गर्न नसकेको
गोप्य कुराहरु चुहाएको

अर्थमन्त्रीविरुद्ध लागिपरेको
अर्थतन्त्र ध्वस्त पार्न सक्रिय भएको
विदेशबाट रकम आउन रोक लगाएको

Share.

Comments are closed.