गर्दनको सातवटा मेरुदण्डका हाडहरूमध्ये एक वा बढी हाडको भाग खिइएमा त्यसलाई सर्भाइकल स्पोन्डिलोसिस भनिन्छ । आजभोलि गर्दनको समस्याका कारण अस्पताल धाउने धेरै छन् । आउनुहोस् आज यस्ता समस्या हुँदा देखिने लक्षण र बच्ने उपायबारे जानौं ।

गर्दनको समस्या हुँदा देखिने लक्षण:

  • गर्दनमा दुखाइ उत्पन्न हुनु । गर्दनको हाडभित्र र घाँटीको साइडको नसा गर्दन वरिपरिको मांसपेशी नसा दुख्ने, तन्किएको जस्तो हुने अररो हुने हुन्छ ।
  • टाउको यताउती गर्न, टाउको मोड्न वा चलाउन गाह्रो हुन्छ । यस्तो बेला दुखेजस्तो हुने गर्दनै अड्केजस्तो हुने र गर्दनभित्र सियोले घोचेजस्तो चस्किने हुन्छ ।
  • दुखाइ पिठ्यू सम्म पनि हुन्छन् । पाता÷पिठ्यूमा पोल्ने, झम्झमाउने हुन्छ ।
  • गर्धन, काँधको वरिपरि, गर्दनको जोर्नीदेखि हत्केला एवं हातको औंलाको टुप्पोसम्म पोल्ने,चस्किने,घोच्ने,झम्झमाउने र झड्का परेजस्तो हुन्छ ।
  • कुनै सामान टिप्न गाह्रो हुने, कलम समाउँदा समाउँदै फुत्किन खोज्ने, हातको बल हराउने हुन्छ । हात उठाउन, पछाडि लानसमेत गाह्रो हुन्छ ।
  • रिंगटा लाग्ने, टाउको भारी हुने, बसिराख्न टाउको उठाउन पनि कठिनाइ उत्पन्न हुन्छ । कतिपय व्यक्तिलाई त टाउको दुख्ने र सहनै नसक्ने गरी चक्कर लाग्छ । मस्तिष्कमा रक्तसञ्चार गर्ने रक्तनलीमा दबाब परेमा यस्तो बढी हुन्छ ।
  • गर्दनको हाड बढी खिइएमा त्यसको असर पूरा ढाड र खुट्टासम्म पनि पुग्न जान्छ ।

गर्दनको हाड खिइने कारणहरू

  • अग्लो सिरानी राख्नु ।
  • टी.भी. हेर्दा, सुत्दा, साइडमा ढल्केर कुहिना टेकेर हातको माथि गर्दन-टाउको अड्याएर धेरैबेर गर्दनमा बोझ पारेर सुत्नु ।
  • ३. बढी निहुरेर लगातार कार्य गरिरहनु । गर्दनमा अनावश्यक बोझ पार्नु ।
  • ४.हाड बलियो पार्ने पोषक र रक्षक तत्वको शरीरमा कमी हुनु ।
  • ५. चोटपटक, दुर्घटना, संक्रमण, हर्मोनको गडबडी आदिको असर गर्दनमा पर्नु ।

निदानका उपायहरू

  • गर्दनको एक्स रे
  • सीटी स्क्यान वा एमआरआई पनि समस्याको गम्भीरता पत्ता लगाउन प्रयोग गर्न सकिन्छ ।
  • चिकित्सकीय जाँच पनि अत्यावश्यक छ ।
  • रोग र लक्षणहरूको अवस्था वा फरक रोगले गर्दा भएको हो कि भनी जान्न चिकित्सकद्वारा अन्य निर्धारित टेस्टहरू गर्नुपर्ने हुन्छ ।

उपचार एवं सतर्कता

  • बिरामीले उपयुक्त कारणहरूलाई पुनः आफूले हुँदैन । जस्तैः अग्लो सिरानी नराख्ने, बढी गर्दन झुकाएर काम नगर्ने, ढाड सोझो राख्ने, गर्दनमा अनावश्यक बल नपार्नेजस्ता नियमहरू पालना गर्नुपर्छ ।
  • चिकित्सकलाई जँचाइहाल्नु पर्दछ ता कि कुन अवस्थाको समस्या हो र के के उपचार विधिहरू अपनाउन सकिन्छ भनी स्पष्ट किटान गर्न सकियोस् ।
  • बढी दुखेको अवस्थामा गर्दनमा तातोले सामान्य रूपले सेक्ने, विद्युतीय तापको प्रयोग गरेर सेक्ने अनि पूर्ण रूपले आराम गर्नेगर्नु पर्छ ।
  • सर्भाइकल कल प्रयोग गरी गर्दनलाई अड्याउने गर्नु पर्छ ।
  • रोगीको अवस्था अनुसार चिकित्सकद्वारा निर्धारित गर्दन र टाउकोका प्रत्यक्ष एवं अप्रत्यक्ष व्यायामहरू गराउनुपर्छ तर अति सावधानीपूर्वक गर्नु, गराउनु आवश्यक छ । सुरुमा चिकित्सककै अघि व्यायामको अभ्यास गर्नु ठीक हुन्छ ।
  • व्यायाम गर्न नहुने अवस्थामा चिकित्सकद्वारा निर्धारण गरिएका ट्र्याक्सन, सेक्ने विधि आदिको प्रयोग गर्न सकिन्छ ।
  • टी.भी. हेरेको भरमा जथाभावी योगासन गर्नु हानिकारक हुन सक्छ वा राम्ररी बुझेरमात्र गर्नु पर्छ ।
  • चिकित्सकको प्रत्यक्ष निर्देशन अनुरूप विभिन्न प्राकृतिक उपचार विधिहरू जस्तैः नेकप्याक, मडप्याक, स्पाइनल स्प्रे, ताप, मसाज, दबाबलगायत अन्य आवश्यक चिकित्सा विधिहरूको प्रयोग गर्न सकिन्छ तर जथाभावी थिच्ने र अनावश्यक दबाब दिएर मालिस गर्नु खतरा हुन सक्छ ।
Share.

Leave A Reply