गर्मीमा यस्ता तरकारी खानपर्छ जसलाई शरीरले सहजै पचाउन सकोस् र शरीरलाई आवश्यक तत्त्व पनि मिलोस्। आज हामी त्यस्तै ७ तरकारीको बारे चर्चा गर्न गईरहेका छौँ । ती यस प्रकार छन्:

हरियो साग

हरियो साग गर्मीका लागि उत्तम मानिन्छ। पालङ्गो, चौलाई र पुदिना गर्मीमा लाभदायक हुन्छ। यसमा फोलेट र पानीको मात्रा बढी हुन्छ। कब्जियत भएकाहरुको समस्यामा पनि हरियो साग राम्रो मानिन्छ। यसले पाचन प्रणालीलाई पनि मजबुत बनाउँछ।

हरियो सिमी

हरियो सिमीमा पर्याप्त फाइबर हुन्छ। यसमा भिटामिन ‘के’ पाइन्छ जो हड्डीको लागि राम्रो मानिन्छ।

काँक्रा

काँक्रामा एन्टिअक्सिडेन्ट हुन्छ। साथै यसमा पर्याप्त मात्रामा भिटामिन ‘के’ र ‘सी’ पाइन्छ। यसले शरीरलाई हाइड्रेटड बनाइराख्छ।

टमाटर

टमाटरले शरीरमा पानीको कमी हुन दिँदैन। यसमा लाइकोपिन हुन्छ जसले धेरै प्रकारका रोग लाग्नबाट हामीलाई बचाउने गर्छ।

फर्सी

फर्सीमा पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ। यसले हाम्रो शरीरको इम्युन सिस्टमलाई बलियो बनाउँछ। यसको एन्टिअक्सिडेन्टले शरीरलाई चिसो बनाइराख्छ।

लौका

लौकामा पर्याप्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डीलाई बलियो बनाउँछ। यसले पेटका धेरै समस्यालाई टाढा भगाउँछ।

करेला

मुटु र पेटका लागि करेलाको जुस निकै लाभदायक हुन्छ। यसमा क्याल्सियम, भिटामिन ‘सी’ र आइरन पाइन्छ।

Share.

Comments are closed.