कपालको ख्याल राख्न महिलाहरुको धेरै समय खर्च हुने गर्छ । अझ गर्मी मौसममा कपाल समस्या बढ्ने गरेको देखिन्छ । महिलाहरुका लागि केश सौन्दर्यको मूख्य आकर्षण हो । त्यसैले जाडो होस् वा गर्मी, कपाललाई सधैँ आकर्षक बनाइरहनु एउटा चुनौती नै हो । जति नै चुनौती भए पनि महिलाहरु आफ्नो कपाल सुन्दर बनाउनका लागि अनेक साधन प्रयोग गर्छन् र त्यसमा सफलता पनि प्राप्त गर्छन् । आज हामी त्यस्तै केही उपायहरुको बारे चर्चा गर्दैछौँ जसले केश सुन्दर बनाउन मद्दत गर्छ । ती विधिहरु यस प्रकार छन् :

-हप्तामा एकपटक कपलामा राम्ररी तेल लगाउनु पर्छ । तेल लगाएर करिव आधा घण्टासम्म त्यत्तिकै छाड्नु पर्छ । आधा घण्टापछि तेल लगाएको कपालमा दुई वटा अण्टा फिटेर औंताको सहयोगले कपालको जरादेखि टुप्पो सम्म लगाउनु पर्छ । अण्डा लगाएको करिव दश मिनेटपछि गुणस्तरीय स्याम्पोले कपाल सफा गर्नु पर्छ । स्याम्पो हर्बलयुक्त भयो भने अझ राम्रो हुन्छ ।

-गर्मीमा हरेक दिन कपाल धुनु राम्रो मानिन्छ । त्यसरी कपाल धोएपछि टाउको निहुराएर उल्टोतर्फ ब्रस गर्नु पर्छ । उल्टोबाट ब्रस गर्नाले टाउकाको रक्त सञ्चारमा सकारात्मक सहयोग मिल्छ, जसले तपाईंको कपाललाई आकर्षक तथा स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । यदि तपाईंको कपाल लामो छ भने एउटा हातले कपाल समातेर अर्को हातले ब्रस गर्न सकिन्छ । यसो गर्दा तपाईंको कपाल टुक्रिने सम्भावना रहँदैन ।

-केश चिल्लो छ भने तेल लगाउनु पर्दैन । चिल्लो केश हप्तामा दुईपटक स्याम्पु गर्नुपर्छ । स्याम्पु गर्नुभन्दा पहिले एउटा अण्डाको सेतो भागमा एउटा कागतीको रस मिसाई दस मिनेट लगाएर बस्ने र पछि धोएर स्याम्पु गर्नुपर्छ ।

-कपाल जति नै लामो भए पनि महिनामा कम्तिमा एक पटक कपाल छोट्याउनै पर्छ । त्यसो गर्दा प्रत्येक पटक करिव एक इन्ट कपाल काट्न सकिन्छ । यदि प्रत्येक महिना कपाल काट्नु भएन भने कपालको टुप्पोमा बढेको हाँगाले गर्दा कपाल र्झने सम्भावना उत्तिकै रहन्छ ।

-यदि गर्मी मौसममा तपाईंको कपाल झरिरहने समस्या छ भने यसलाई घरायसी उपायबाट जोगाउन सकिन्छ । त्यसका लागि एक चम्चा महमा एक चम्चा ब्राण्डी मिसाएर कपालको जरामा औंलाले मालिस गर्ने र दश मिनेटसम्म त्यत्तिकै छाडिदिनु पर्छ । करिव दश मिनेटपछि स्याम्पू गरेपछि कपाल झर्ने सम्भावना कम हुन्छ ।

-आजकल विभिन्न कारणहरुले गर्दा हाम्रो कपाल उमेर नपुग्दै फुल्न थालेको समस्याहरु सुन्न पाइन्छ । यदि तपाईंको पनि उमेर नपुग्दै कपाल फुलेको छ भने त्यसलाई तानेर निकाल्ने गल्ति गर्नु हुँदैन । यदि फुलेको कपाल निकाल्नु छ भने जरामै कैंचीले काटिदिनु पर्छ । फेलेको कपाल उखेल्दा जराबाट निस्कने तर पदार्थले अन्य कालो कपाललाई समेत सेतो बनाइदिने सम्भावना रहन्छ ।

-कपालका लागि मेहन्दी राम्रो कन्डिसनर मानिन्छ । मेहन्दी बनाउनका लागि दुई कप मेहन्दी, एक कप दही, दुईवटा अण्डा, एक चम्चा हर्बल तेलको मिश्रण बनाउनु पर्छ । मेहन्दी लगाउनु भन्दा पाँच मिनेट अगाडि कपाललाई बाफ दिनु पर्छ । त्यसपछि मात्र मेहन्दी लगाउँदा कपाल स्वस्थ राख्न सकिन्छ ।

Share.

Comments are closed.