गोनोरिया एक प्रकारको यौन रोग हो। मैथुनबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ। ‘ब्याक्टेरियम’ गोनोरी नामक ब्याक्टेरियाका कारण यो रोग लाग्छ। गोनोरिया पुरुष र महिला दुबैलाई लाग्न सक्छ।

असुरक्षित यौनसम्पर्क गरेको ८ देखि १० दिनमा गोनोरियाका लक्षण देखापर्न थाल्छन्। कतिपयमा भने यो रोगका लक्षण देखापर्दैन।

गोनोरिया हुँँदा समान्यतया योनिबाट पिसाबसँगै पिप वा तरल पदार्थ निस्कन्छ। एकदमै थोरै प्रतिशत महिलामा तल्लो पेट दुख्ने तथा यौनसम्पर्क गर्दा पीडा महसुस हुनेजस्ता लक्षण देखिन्छन् ।

पुरुषमा वीर्यवाहिनी नली सुन्निने, पिसाब पोल्ने र लिंगबाट पिप वा तरल पदार्थ निस्किने समस्या हुन्छ। संक्रमित व्यक्तिसँग मुखमैथुन गर्दा घाँटी वा मुखमा गोनोरिया हुन सक्छ। यसले गर्दा घाँटी दुख्ने समस्या देखापर्छ ।

गोनोरिया बिस्तारै जटिल अवस्थामा पुगेमा थकान महसुस हुने, छालामा संक्रमण भएर घाउ हुने र जोर्नीमा संक्रमण हुनेजस्ता समस्या देखिन्छन् ।

रोकथामका उपाय

  • असुरक्षित यौनसम्पर्क गर्नु हुँदैन। एक जनासँग मात्र यौनसम्बन्ध कायम राख्नुपर्छ।
  • चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गरे यो रोग निको हुन्छ ।
  • पूर्ण रूपमा रोग निको नहुन्जेल यौनसम्बन्ध नराख्ने गर्नुपर्छ ।
Share.

Comments are closed.