गोर्खाज फाइनान्सले संस्थापक सेयर आजदेखि बिक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले सेयर कित्ता संख्या र मूल्य भने उल्लेख गरेको छैन । उक्त संस्थापक सेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय चारखाल रोड, डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउन आग्रह गरेको छ ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र अनुसार प्रचलित कानून बमोजिम सेयर बिक्री गरिने जनाएको छ ।

Share.

Comments are closed.