जोन बाटिस्टीको एल्बम ‘वी आर’ले सन् २०२२ को ग्रामी अवार्डमा ‘एल्बम अफ दी इयर’ जितेको छ । फिल्म संगीतको सर्वोच्च अवार्ड मानिने ग्रामी समारोह नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस भेगासमा सम्पन्न भयो।

ओलिभिया रोड्रिगोले बेस्ट न्यु आर्टिस्ट र ‘सावर’ एल्बमका लागि बेस्ट पप भोकल एल्बम विधा जितिन् । सिल्क सोनिकको गीत ‘लिभ द डोर ओपन’ वर्ष गीत र रेकर्ड अफ दी इयर घोषित भयो ।

अवार्ड समारोहलाई भिडियो सम्बोधन गरेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकलाई सहयोग गर्न उपस्थित कलाकारहरुलाई आग्रह गरे ।

प्रमुख विजेताहरु:

रेकर्ड अफ दी इयर : लिभ द डोर ओपन (सिल्क सोनिक)

एल्बम अफ दी इयर : वी आर (जोन बाटिस्टी)

सङ अफ दी इयर : लिभ द डोर ओपन

बेस्ट न्यु आर्टिस्ट : ओलिभिया रोड्रिगो

बेस्ट पप सोलो पर्फमेन्स : ड्राइभर्स लाइसेन्स (ओलिभिया रोड्रिगो)

बेस्ट पप ग्रुप पर्फमेन्स : किस मी मोर

ट्रेडिसनल पप भोकल एल्बम : लभ फर सेल (टोनी बेनेट र लेडी गागा)

बेस्ट पप भोकल एल्बम : सावर (ओलिभिया रोड्रिगो)

बेस्ट डान्स इलेक्ट्रोनिक रेकर्डिङ : अलाइभ

बेस्ट रक पर्फमेन्स : मेकिङ अ फायर (फू फाइटर्स)

Share.

Comments are closed.