बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै ग्लोबल आइएमई बैंकले तीन अर्ब ७२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको यहि अवधिमा तीन अर्ब ५७ करोड रुपैयाँ मुनाफा गरेको थियो ।

बैंकले समिक्षा अवधिमा ७ अर्ब ४३ करोड रुपैया खुद व्याज आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा ६ अर्ब ८७ करोड रुपैयाँ थियो । नाफा बढे पनि बोनस शेयर वितरण पछि चुक्ता पूँजी बढेकाले प्रतिसेयर आम्दानी भने २ रुपैयाँले घटेर २० रुपैयाँ कायम भएको छ ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब ८४ करोड रुपैयाँ जम्मा भएको छ । बैंकले चैत मसान्तसम्ममा २ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले खराव कर्जामा सामान्य सुधार गर्दै १.४५ प्रतिशतमा झारेको छ ।

Share.

Comments are closed.